मेलम्ची बजारमा पहिरोमा पुरिएकामध्ये ५ जनाको शव फेला, २ को पहिचान

पोखरा, साउन १९ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोमा पुरिएकामध्ये ५ जनाको शव भेटिएको छ । मेलम्ची नगरपालिकामा पहिरो जाँदा ८ जना बेपत्ता भएका थिए । मृक्तकमध्ये २ जनाको पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा वीरगञ्जा प्रदीप चौरासिया र राजेश चौधरीको पहिचान भएको हो ।

अन्य मृक्तकको भने परिचय खुल्न बाँकी रहेको छ । गएराति पहिरो खस्दा बेपत्ता भएका उनीहरु सबै कभर्ड हल निर्माण कार्यमा जुटेका मजदुर भएको बताइएको छ । निर्माण कार्यमा भारतीय नागरिक २ जना सहित ९ जना मजदुर खटिएका थिए ।

राति २ बजेतिर आएको पहिरोले उनीहरु बस्ने टहरो परेको थियो । १ जना भारतीय नागरिक बारु साहलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो । प्रहरीका अनुसार घाइते साहलाई बाटो अवरुद्ध भएपनि अस्पताल लैजान सकिएको छैन र स्थानीय स्वास्थ्यचौकीमा नै उपचार भइरहेको छ । अर्का भारतीय नागरिक राजेन्द्र चौरासिया पनि पहिरोमा पुरिएको र ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...