कास्की संघीय समाजवादी चुनावी चहल पहल

पोखरा, ५ कात्तिक/संघीय समाजवादी पार्टीका कास्की क्षेत्र नं. १ चुनावी प्रचारका लागी लेखनाथ नगरपालिका क्षेत्रमा प्रचारात्मक मोटरसाईकल र्याली सम्पन्न भएको छ । भण्डारढिकस्थित प्रस्तावित रंगशालाबाट शुरु भएको प्रचारात्मक र्याली अर्घौचोक, रिठ्ठेपानी, बुढीबजार, विजयपुर, स्याङ्जाली समाज, पुनमगर समाज, अर्घौंचोक, शिशुवाचोक, बेगनासताल बसपार्क, खुदी, खोलाको छेउ, जनताको चौतारा, मालेपाटन, मजुवा, गगनगौंडा हुदै पुनः भण्डारढिकमा आई सभामा परिणत भएको थियो ।

सभामा क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङले मुलुकको संकट टार्न नसक्ने, राजनीतिक निकास दिन नसक्ने पार्टीका उमेदवारलाई जनताले चिनीसकेकाले जनताको संविधान निर्माण, युवालाई स्वदेशमै रोजगारीको अवसरको सिर्जना गर्ने नयाँ योजन ल्याउने आस्वासन दिए ।

त्यसै गरि संघीय समाजवादी पार्टी कास्की क्षेत्र नं. २ मा अर्मला गाविसको जैमुरेमा सम्पन्न भेलाले राजकुमार गुरुङको संयोजकत्वमा २ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । त्यसै गरी संघीय समाजवादी पार्टीले कास्की क्षेत्र नं. ३ मा पोखरा उपमहानगपालिका वडा नं. ५ को भेलाले सुवास गुरुङको संंयोजकत्वमा १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

कमेन्टहरु
Loading...