एजेन्सी
मलेसियाको बोर्नियो टापुमा बस्ने आदिवासी समुदायलाई अपमान गर्नु एकजना पाकिस्तानी नागरिकका लागि महंगो मात्र परेन जीवनभर बिर्सनै नसक्ने घटना बनेको छ ।
बोर्नियोका आदिवासीलाई अपमान गरेको आरोपमा मलेसियाको एक अदालतले एकजना पाकिस्तानी नागरिकमाथि ८ वटा भैँसी र ८ वटा बाजा जरिवाना गरेको छ ।
सबाह राज्यस्थित एक स्थानीय अदालतले आमिर अली खान नवटाईले ८ वटा भैँसी र ८ वटा गोंग्स भनिने बाजा तिर्नुपर्ने फैसला गरेको हो ।
गत मे र जुन महिनामा उनले बोर्नियोका आदिवासी समुदायप्रति अपमानजनक टिप्पणी गरेका थिए । आफूले गरेको गल्ती उनले स्विकार गरेको बताइएको छ ।
उक्त राज्यमा व्यवसाय गरिरहेका ५० वर्षीय आमिरविरुद्धको मुद्दा मंगलबार बाइन्तिन एडुन जिल्लाका प्रमुख कोटा मारुडुको इजलासमा सुनुवाई भएको थियो ।
अरु मानिसहरुले पनि आगामी दिनमा आदिवासी समुदायप्रति अपमानजनक टिप्पणी गर्नबाट हच्किउन् भनेर त्यस्तो सजायँ सुनाइएको उनले बताएका छन् ।