विराटनगरमा २ हप्ताका लागि लकडाउनको घोषणा

पोखरा, साउन १६ ।

विराटनगरमा शनिबार भोलिदेखि लागू हुने गरेर लकडाउन गर्ने घोषणा भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमा देखिएको निष्कर्ष सहित विराटनगर महानगरपालिकाले २ हप्ताका लागि महानगरपालिकामा लकडाउनको घोषणा गरिएको मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।

मेयर पराजुलीका अनुसार लकडाउनको अवधीमा अत्यावश्वक बाहेकको काममा घरबाट बाहिर निस्किएको खण्डमा कारवाही गरिने छ । कोरोना भाइरसका संक्रमितको संख्या तीव्र गतिमा फैलिदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि लकडाउन बाहेकको अन्य विकल्प नभएको उनको भनाई छ ।

महानगरपालिकालाई सुरक्षित राख्न लकडाउन गरिएको भन्दै घरमा नै सुरक्षित भएर बस्न सर्वसाधारणलाई महानगरपालिकाले अनुरोध समेत गरेको छ ।

कमेन्टहरु
Loading...