शुक्रबार राति ११ बजेबाट महोत्तरीमा निषेधाज्ञा

पोखरा, साउन १६ ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबार राति ११ बजेबाट लागू हुने गरी ५ दिनसम्म निषेधाज्ञा लगाइने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन थालेसंगै जिल्ला प्रशासन कार्यालयले निषधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।  कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा समेत स्थानीयले बिना सचेतना हिँडडुल गर्न नछाडेपछि निषेधाज्ञा लगाउनु परेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् । जिल्लामा अहिले संक्रमितको संख्या ८ सय ६३ पुगेको छ ।

कमेन्टहरु
Loading...