पोखरा, साउन १६ ।
शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएर फेरी नयाँ रेकर्ड कायम भएको छ ।
सुनको भाउ ३ सयले बढेर तोलामा ९९ हजार ३ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । केही दिनदेखि सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । यो मूल्य अहिलेसम्म कै उच्च हो ।
यता चाँदीको मूल्यमा भने शुक्रबार केही गिरावट आएको छ ।
चाँदीको मूल्य २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ पुगेको महासंघले बताएको छ ।