प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

पोखरा, साउन १६ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै हातसम्म प्रहरी प्रधान कार्यालयमा कार्यरत कोरोना संक्रमित प्रहरीको संख्या ७२ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका छन् ।

बिहीबार साँझ र शुक्रबार आज बिहानसम्ममा गरेर २८ जनामा कोरोना संक्रमण पुष्टि भएको एसएसपी कडायतले बताए । सञ्चार तथा सवारी शाखामा कार्यरत प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपनि कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा २८ जना प्रहरीमा बिहीबार साँझ र शुक्रबार बिहान कोरोना पुष्टि भएको कडायतले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...