वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार
नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
अर्का एक जना ६० वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा हिजो मृत्यु भएकोमा उनको आज मात्र कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको डा. सिंहले जानकारी दिए ।