पोखरा, साउन १४ ।
विभिन्न स्थानमा संक्रमितको संख्या दैनिकी बढिरहँदा पोखरा १७ जना महानगरपालिकामा सक्रिय कोरोना संक्रमितको संख्या छ । बुधबार दिउँसो महानगरपालिकाले दिएको विवरण अनुसार पोखरामा ९४ जना संक्रमित रहेका छन् भने ७७ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये २० जना महिला र ७४ जना पुरुष छन् ।
त्यसै गरी महानगरभित्र १ हजार १६ जना पोखरा महानगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा छन् । त्यो मध्य ८ सय ५३ जना पुरुष र १ सय ६३ जना महिला रहेका छन् । अहिले क्वारेन्टिनमा रहेका ७ सय ८३ जना पिसिआर रिपोर्ट नेगेटिभ पछि घर फर्किएका छन् । संक्रमित सबैको महानगर भित्रकै कोरोना अस्पतालमा उपचार भइरहेको छ ।
पोखरामा देखिएका संक्रमित अधिकांस बाहिर संक्रमित स्थानबाट आएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए । यद्यपी समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ ।
यस्तै बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएको महाशाखाले जनाएको छ । केही संक्रमित भने स्थानीय र ‘ट्राभल हिस्ट्री’ नभएका पनि छन् । तर ती कति संख्यामा छन् भन्ने विवरण महानगरले सार्वजनिक गरेको छैन । लकडाउन खुकुलो भएसंगै बढेको भीडले संक्रमणको त्रास सिर्जना गरेको छ । उनले भने, ‘अहिले खासै डराउनु पर्ने अवस्था छैन, संक्रमितलाई व्यवस्थापन गर्न सकिएको छ, तर नागरिक स्तर देखिपनि सचेतना अपनाउन जरुरी छ ।’
‘पछिल्लो समय पोखरामा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा संक्रमण देखिँदा संक्रमित संख्या बढ्दै गएर यसले थप जोखिम निम्त्याउँछ कि भन्ने सबैमा डर छ ।’ आचार्यले भने, ‘महानगरले संक्रमण फैलिन नदिन कन्टयाक ट्रेसिङमा जोड दिइरहेको छ, संक्रमण नियन्त्रण बाहिर जान नदिन हामी सावधानी अपनाइरहेका छौं ।‘
महानगरमा हिजोसम्म २ हजार ७ पिसिआर कलेक्सनको स्वाब संकलन भएको छ । ती मध्ये १६ सय ६३ जना पुरुष र ३ सय ४४ जना महिला रहेका छन् ।