पोखरा, साउन १४ ।
बुधबार बिहान करिब ३ बजेको समयमा घरमाथिबाट पहिरो खस्दा दाङमा २ जानको ज्यान गएको छ ।
घरमाथिको कान्ला राति सुतिरकेको अवस्थामा एक्कासी खस्दा जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ साकिनेका देवीराम नेपालीकी २४ वर्षीय श्रीमती बाटुली नेपाली तथा २ वर्षीया छोरी आयुष्मा नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
डिएसपी खड्काका अनुसार नेपालीको आधा घर समेत भत्किएको छ ।