पोखरा, साउन १४ ।
बुधबार सप्तकोशीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख ५ हजार ६ सय ७५ क्युसेक पुगेको छ ।
बहाव बढेको भए पनि भारतले भने सप्तकोशी ब्यारेजका ५६ मध्ये ३२ वटा ढोका मात्र खोलेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिएका छन् ।
पानीको बहाव बढेसंगै नदी आसपासका स्थानीयलाई स्थानीयलाई सचेत रहन आग्रह गरिनुका साथै नदी आसआप नजान अनुरोध गरिएको ढकालले बताए । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतरा मानिन्छ भने यसपछि नै खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ ।
नदीले खतराको संकेत पार गरेपछि नेपाली सेना तथा प्रहरीलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।