पोखरा, साउन १४ ।
पर्सामा थप ३४ जना कोरोना संक्रमित भेटिएका छन् । नारायणी अस्पतालमा गरिएको २ सय ७४ जनाको परीक्षणका क्रममा सेना, प्रहरी सहित कैदीबन्दीलाई समेत गरेर थप ३४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
संक्रमितमध्ये वीरगञ्ज वडा नम्बर ९, ५, ४, ११ का बासिन्दा रहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिएका छन् । संक्रमितमध्ये ५ जना बालबालिका समेत रहेका छन् ।
यस्तै ६ जना कैदीबन्दी तथा कारागारका २ जना कर्मचारी, नेपाली सेना १ जना, आफैले सशुल्क परीक्षण गराएका १ जना, १ जना स्वास्थ्यकर्मी तथा प्रहरी ३ जना रहेको डा.उपाध्यायले बताए ।