बामदेवले पासा पल्टाउँदा नेकपामा हलचल

पोखरा/नेकपा विबादमा बामदेव गौतमले बोली फेर्दा फेरी पुष्पकमल दहाल ,माधव नेपाल,झलनाथ खनाल र बामदेव गौतमको समिकरण भङ्ग भएको छ । बुधबार केपि शर्मा ओली र बामदेब गौतम विच भएको भेटघाटपछि बामदेब गौतमले अगाडी सारेको प्रस्ताबको कारण नेकपामा हलचल पैदा भएको छ ।
स्थायी कमिटि बैठकमा अल्पमतमा परेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेब तुरुप फालेको बिश्लेषकहरु बताउँछन् । बामदेबले पार्टी एकताका लागि भन्दै अगाडी सारेको प्रस्तावमा प्रधानमन्त्री ओली नै रहने र पार्टीको कार्यकारी अध्यक्षको भुमीका प्रचण्डलाई दिने भनिएको भए पनि सरकारको कामकारबाहिमा पार्टीले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । उनले आपसी समझदारीमा पार्टीको महाधिवेश मिति घोषणा गरेर समस्याको हल गर्न पर्ने धारण सार्र्वजानिक गरेका छन् ।
बुधबारबाट ओली निकट बिचार राखेसँगै नेकपामा नयाँ खाले बहसको सिर्जना भएको छ । बामदेबको प्रस्तावले नेकपालाई फुट्नबाट कसरी जोगाउछ त्यो भने हेर्न बाँकी नै छ ।

कमेन्टहरु
Loading...