‘ओलीले एमाले दर्ता गराए ,पार्टी संकटमा छ’: प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीकै सक्रियतामा पार्टी फुटाउन नेकपा एमाले नामक दल दर्ता गरेको आरोप लगाएका छन् ।

पुष्पलाल स्मृति दिवसको सन्दर्भमा राजधानीमा आयोजित कार्यक्रममा दाहालले ओलीमाथि एमाले दर्ताको आरोप लगाउँदै पार्टी एकता संकटमा पुगेको बताए ।

पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता भएको दाबी गरे ।

एकताकै निम्ति पहल भइरहेको भन्दै दाहालले ओलीले नै देशभर मान्छे उतारेर विरोध प्रदर्शन गराएको आरोप समेत लगाए।

‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो । हामीलाई पनि सोधेका छन् । हामीले अहिले पख्नुस् भनेर मात्रै हो ।’,उनले भने ।

कमेन्टहरु
Loading...