अर्कै केटालाई मन पराएको थाहा पाएपछि पवित्राको अनुहारमा एसिड प्रहार

काठमाडौँको सितापाइलामा २२ वर्षीया युवती पवित्रा कार्की केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको खुलेको छ ।

प्रहरीले एसिड प्रहारमा संलग्न रौतहट घर भइ डल्लु बस्ने महम्मद आलम र भारत घर भएर डल्लुमै कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई सार्वजनिक गरेको हो ।

उनीहरु दुवैजनालाई काठमाडौं प्रहरीले बिहीबार राति ११ बजेपछि डल्लुबाटै पक्राउ गरेको थियो ।

आलमले आफूलाई युवतीले चिन्ने भएकाले मुन्नालाई ट्वाइलेटमा प्रयोग हुने एसिड प्रहार गर्न लगाएको स्वीकार गरेका छन् ।

साहु आलमले आफूलाई एसिड हान्न लगाएको मुन्नाले बयान दिएका छन् ।

कमेन्टहरु
Loading...