अन्तर्राष्ट्रिय गितार बादकहरुको साझ आज

पोखरा, ४ कार्तिक/पर्यटन प्रवद्र्धनलाई मध्यनजजर गर्दै आज अन्तर्राष्ट्रिय गिटार बादकहरुले पोखरामा आफ्नो प्रस्तुती दिने भएको छन् । साझ चार बजे नेपाल पर्यटन वोर्डको हलमा हुने कार्यक्रममा अमेरिका, जापान, जर्मन, थाइल्याण्ड, क्यानडा र नेपाल गरी ६ देशका १४ जना कलाकारले आफ्ना प्रस्तुती गर्न लागेका हुन् ।giterविशेष गरेर काठमाण्डौको प्रस्तुतीको लागि मात्र आएको सो समुहलाई पोखरासम्म ल्याउनको लागि पुर्व मेयर कृष्ण थापा र डा. किसोर गुरुङको विशेष सहयोग छ । पोखरा आफैमा कला र संगीतको उर्बर भुमि हो । उर्बर भुमीमा अन्र्तराष्ट्रिय कलाकारहरुको कार्यक्रम हुनु आफैमा गौरवको विषय भएको रिदम ब्याण्डका म्यानेजर मन कुमार श्रेष्ठको भनाई छ । संगीतको माध्यमबाट पनि पर्यटन प्रर्वद्धनमा केही इट्टा थप्न सकिने कुरालाई मध्यनजर गर्दै द रिदम ब्याण्डले कार्यक्रमको आयोजना गरेको हो ।

कमेन्टहरु
Loading...