भदौ १ गतेबाट भर्ना र परीक्षा सञ्चालन खुला

सरकारले विद्यालय तथा क्याम्पससहितका शैक्षिक संस्थाहरुमा भर्ना र परीक्षा सञ्चालन भने भदौ १ गतेबाट खुला गरेको छ।

प्रवक्ता युवराज खतिवडाले शैक्षिक संस्थाहरुमा नियमित पठनपाठन बारे निर्णय नभएपनि भर्ना र परीक्षा सञ्चालनका लागी खुला गरिएको जानकारी दिए ।

कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लकडाउन गरेयता शैक्षिक संस्थाहरु ठप्प छन्।

नयाँ शैक्षिक सत्रसमेत सुरु हुन सकेको छैन ।

कमेन्टहरु
Loading...