कास्की कांग्रेस क्षेत्र नं ४ को माछापुच्छेमा घरदैलो र आमसभा

कात्र्तिक ३, पोखरा /नेपाली कांग्रेस क्षेत्र नम्बर नं ४ कास्कीले आफ्नो चुनावी प्रचार प्रसार अभियान अन्तर्गत आईतवार माछापुच्छे« गाउँ विकास समितिको खारपानीमा कार्यकर्ता भेला र तथा आमसभा गरेको छ । माछापुच्छ«े गाविसमा भएको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले मुलुकको विकास र स्थायी शान्तिका नेपाली कांग्रेसलाई भोट हाल्नुभएको विकल्प नभएको वताउनुभएको छ । विगतमा कम्युनिष्ट वाहुल्यतामा वनेको संविधान सभाले नयाँ संविधान वनाउन नसकेको प्रति संकेत गर्दै नेता शर्माले प्रजातान्त्रिक संविधान वनाउन पनि कांग्रेसलाई अहिले भोट हाल्नैपर्ने वताउनुभयो । नेता शर्माले स्थानिय विकासप्रेमी नेता पूर्वगाविस अध्यक्ष टेकवहादुर गुरुङ्ग र पूर्णवहादुर भूजेलको हत्या गर्ने माओवादीलाई जनताले परास्त गर्दै, कांग्रेसलाई अत्यधिक वहुमतले जिताउने दावी गर्नुभयो ।

नेपाली कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार महादेव गुरुङ्गले माओवादीले जातिय नारा दिएर मुलुक टुक्राउन खोजेको भन्दै, राष्ट्र र राष्ट्रियता रहे मात्रै सवै जातजाती र भाषाभाषीको पहिचाहन स्थापित हुने भएकाले चुनावमा कांग्रेसलाई जिताउनुपर्नेमा जोडदिनुभयो । उम्मेदवार गुरुङले गएको वर्ष वाढीग्रस्त भएको पर्यटकिय स्थल खारपानी तातोपानीको पूर्ननिर्माणको काम गर्ने वताउनुभएकोे छ । गुरुङ्गले सडकको स्तरउन्नति गर्दै, तातोपानी तथा खारपानी क्षेत्रलाई कास्की कै नमुना पर्यटकिय गन्तव्य वनाउने प्रतिवद्धता पनि जनाउनुभएको छ ।

माछापुच्छ«े गाँउ विकास समितिको समग्र विकासका लागि दीर्घकालिन महत्वका योजना निर्माण गरी पर्यटकिय महत्वको केन्द्र वनाउने आफ्नो योजना रहेको उम्मेदवार गुरुङ्गले वताउनुभयो । उहाँले माछापुच्छ«े सार्दीखोला जोड्ने मोटरेवल पुलनिर्माण प्राथमिक योजना रहेको पनि जानकारी नागरिकलाई गराउनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै पूर्वसहायकमन्त्री प्रकाशवहादुर गुरुङ्गले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको रक्षाका लागि जनताले कांग्रेसलाई मतदान गर्नुपर्ने वताउनुभयो । सोही कार्यक्रममा टुवहादुर गुरुङ्ग, वृखवहादुर गुरुङ्ग, मोहन गुरुङ्ग, वेलवहादुर गुरुङ्ग लगायत १३ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले नेपाली कांग्रेसका नेता शर्मा, उम्मेदवार महादेव गुरुङ्ग,पूर्वसहायक मन्त्री प्रकाशवहादुर गुरुङ्ग लगायतका नेताहरुले अवीर र माला लगाएर स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...