पोखरा, ६ साउन ।
पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा सोमबार राति करिब ११ बजेको समयमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तरगत कुश्माबाट बाग्लुङ, म्याग्दी तथा मुस्ताङ जाने सडक अवरुद्ध भएको छ ।
पहिरोले सडक अवरुद्ध भएसंगै पोखरा सहित पर्वतबाट म्याग्दी र बाग्लुङका लागि छुटेका तथा पर्वत, म्याग्दी तथा बाग्लुङ जिल्लाबाट पोखराका लागि छुटेका सवारीसाधन बीच बाटोमा नै रोकिएका छन् ।
एक्स्काभेटरको सहयोगले कोसिस जारी रहेपनि पहिरोसंगै खसेको ढुंगा हटाउन नसकिएको प्रहरीले बताएको छ । ब्रेकरको सहायताले मात्र ढुंगा फुटाउन सकिने भएकाले सडक सञ्भालन गर्न केही समय लाग्ने बताइएको छ ।