पहिरोमा पुरिदामा धादिङमा ३ जनाको ज्यान गयो

पोखरा ६ साउन ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ ।  पहिरोमा परेर ज्यान गुमाउनेमा २५ वर्षका मिलन खाँड, खाँडकी २२ वर्षिया श्रीमती सम्झना खाँड तथा उनीहरुकी २ वर्षीया छोरी अञ्जिता खाँड रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले जानकारी दिएका छन् । डिएसपी खड्काका अनुसार मध्यरातमा आएको पहिरोले पुरिदाँ तीनै जनाको ज्यान गएको हो ।

कमेन्टहरु
Loading...