आगामी बिहीबारबाट सवारी चलाउन यातायात व्यवसायी सहमत

पोखरा, साउन ५ ।

आगामी बिहीबारबाट सवारीसाधन सञ्चालन गर्ने विषयमा सहमति जुटेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको वार्तामा सवारीसाधन सञ्चालनबारे सहमति जुटेको हो । यातायात मजदुरको कोरोना बिमा गर्दा सरकार तथा यातायात मजदुरले ५०/५० प्रतिशत बेहोर्ने गरेर सहमति भएको हो ।

त्यस्तै गरी यातायात मजदुरका लागि आवश्यक पर्ने पिपिई, पञ्जा, स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्री भने सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने भएका छन् ।

सवारीसाधन सञ्चालन गर्दा जोर–बिजोर प्रणाली लागू गरिने यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...