पूर्व राष्ट्रिय सभा सदस्य गुरुङको निधन

पोखरा, २ साउन / पुर्व राष्ट्यि सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मेजर दिपक गुरुङको ८४ बर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङ स्थायी वसोवास भएका गुरुङको काठमाडौस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भतिजा एवम् मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिए ।

मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्या भएपछि उनको उपचारत थिए । भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्ष समेत रहनुभएको उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

स्वर्गीय गुरुङको पार्थिक शरिरलाई शुक्रबार नै पशुपति आर्यधाटमा अन्तिम संस्कार गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...