नेपाली कांग्रेस पुम्दी–भुम्दीको शुभकामना आदानप्रदान

पोखरा, २ कात्तिक/नेपाली कांग्रेस पुम्दी–भुम्दी इकाई समितीको आयोजनामा विजयादशमी तथा दिपवालीको अवसर पारेर शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएकोे छ । कार्यक्रममा नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ का प्रत्यासी उमेदवार महादेव गुरुङले आफुले धार्मीक तथा जातीय सहिष्सुणता बिग्रन नदिने बताउँदै बहुजाती,बहुभाषी र बहुसँस्कृती भएको नेपालमा कुनै पनि एउटा जातलाई महत्व दिन नहुने बताउनुभयो ।

विगतमा किन संविधान बनेन,के कारणले बनेन,कसले बनाउन दिएनन र मुख्य के कुरामा सहमती हुन नसक्दा संविधान निर्माण हुन सकेन भनेर मात्र जनतालाई बुझाउन सकेमा नेपाली कांग्रेसको जित सुनीश्चीत भएको र सोही अनुसार लाग्न कार्यकर्तालाई अनुरोध पनी गर्नुभएको थियो । उहाँले कार्यकर्ताहरुका अनेकौ जिज्ञासाहरु मेटाउँदै व्यक्ति गौण चिज भएको र पार्टी ठुलो कुरा भएको हुँदा सबै मिलेर पार्टीलाई विजयी गराउन पर्ने बताउनुभएको थियो ।

हिजो नेपाली कांग्रेस पहिलो पार्टी हुन नसक्दा संविधान निर्माण हुन नसकेको तीतो अनुभव हामी सामु नै भएको अहिलेको अवस्थामा नेपाली जनताले नेपालको एक मात्र प्रजातन्त्रिक पार्टी नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले नेपाली कांग्रेसले मात्र संविधान निर्माण गर्न सक्ने दाबी गर्दै जातीय द्धन्द जस्ता समस्या समाधान गर्न नेपाली कांग्रेस पहिलो पार्टी हुन आवश्यक भएको बताउनुभयो ।

हामी सँग बहुमत छ भनेर घमण्ड भएका कम्युनिस्टहरुको घमण्ड आसन्न निर्वाचनबाट हराएर जाने पनि बताउनुभयो । नेपाली कांग्रेस पुम्दी–भुम्दी इकाई समितीका सभापती राजबहादुर गुरुङको सभपतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव होमप्रसाद बरालले गर्नुभएको थियो । नेपाली कांगे्रसका जिल्लास्तरीय तथा स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेखीय उपस्थिती रहेको उक्त्त कार्यक्रममा १०० जना नेपाली कांग्रेस तथा तरुण दलमा प्रवेश गरेका थिए भने चुनाव प्रसारप्रसारको लागी ३५१ सदस्सीय चुनाव प्रचारप्रसार समिती पनी गठन गरीएको थियो ।

कमेन्टहरु
Loading...