रहस्यमय बन्दै दैलेखको प्रहरी निरिक्षक र जबान हत्या काण्ड

दैलेख, २ कात्तिक/प्रहरी निरीक्षक हेमराज भट्ट र जवान कमलप्रसाद शर्माको दैलेखस्थित कार्यालयभित्रै भएको हत्या रहस्यमयु बन्दै गएको छ । इन्स्पेक्टरको हत्यापछि जवानले आत्महत्या गरेको नभई तेस्रो व्यक्ति संलग्न भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । प्रहरी प्रधान कार्यालयद्वारा गठित छानबिन टोली संयोजक एवं भेरी अञ्चल प्रहरी प्रमुख मधुप्रसाद पुडासैनीले दसैंको सार्वजनिक बिदा परेकाले अनुसन्धान रोकिन पुगेको बताउदै पोस्टमार्टम रिपोर्ट, हतियारको परीक्षण र कल डिटेल अध्ययनपछि वास्तविकता पत्ता लाग्ने बताएका छन् । अनुसन्धानको काम बाँकी रहेकाले समय थपका लागि प्रहरी प्रधान कार्यालयसमक्ष पत्राचार गरेको उनले बताए ।

प्रहरी निरीक्षक भट्ट र जवान शर्मालाई गएको २४ गते बिहीबार बिहान ५ बजेतिर क्वाटरमै गोली हानी हत्या गरिएको थियो । घटनालगत्तै सुरक्षा गार्ड कमल शर्माले इन्स्पेक्टरको हत्यापछि आत्महत्या गरेको प्रहरीले अनुमान गरेको थियो । छानबिन समिति सदस्यका अनुसार जवानको हत्या प्रकृति हेर्दा आत्महत्या गरेको देखिन्न । गोली उनको पेट (नाइटो बाट छिरेर तिघ्रा ९मलद्वार नजिक ०बाट निस्किएको छ । यदि आत्महत्या गरेको भए गोली त्यहाँबाट निस्किने सम्भावना हुँदैनथ्यो ।गोली पेट, तिघ्रा हुँदै खाटबाट घिसे्रर भुइँमा खसेको भेटिएको थियो ।

घटना प्रकृति हेर्दा जवानको हत्या तेस्रो व्यक्तिबाट भएको सजिलै अनुमान गर्न सकिन्छ, ती सदस्यले भने । टोलीले प्रहरी निरीक्षक र मातहत प्रहरीबीच आपसी वादविवाद भए नभएकोबारे केही खुलाएको छैन । यसैबीच जिल्ला प्रहरीले मातहतका प्रहरीलाई कडा निगरानीमा राखेको छ । चेन अफ कमाण्ड फितलो हुन नदिन पहिलेभन्दा धेरै सतर्कता अपनाइएको बताइएको छ ।

कमेन्टहरु
Loading...