शनिवार कण्डम दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

पोखरा, २ कात्तिक /विभिन्न सचेतनामुलक कार्यक्रम गरि १८ औ राष्ट्रिय कण्डम दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । एचआईभी यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्नका लागि कण्डम सम्बन्धी जनचेतना बढाउने र कण्डमको सहज उपलब्धतता र पँहुच बढाउने अभियानका साथ यो दिवस मनाउने गरिन्छ । पोखरामा पनि राष्ट्रिय कण्डम दिवसको अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

जिल्ला एड्स समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रजनन स्वास्थ्य समिति र पश्चिम क्षेत्र एचआइभी एड्स सञ्जालले शनिवार विहान ११ बजे विपीचोकबाट सचेतनामुलक ¥याली निकाली पृथ्वीचोक स्थित ट्राफिक कार्यालय कास्की अगाडी पुगी कोण सभामा परिणत हुने जनाइएको छ । यसैबीच एड्स रोग नियन्त्रण संघ कास्कीले एचआइभी एड्स तथा यौनरोगबाट बच्नका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएको छ ।

संघका अध्यक्ष विश्वमोहन गौचनद्धारा कण्डम दिवसको अवसरमा जारी विज्ञप्तीमा दोहोरो सुरक्षाका लागि कण्डम प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । कण्डमको प्रचार प्रसार र प्रयोगबारे ब्यापक जनचेतना विस्तार गर्न सके एचआइभी एड्स तथा यौनरोग सङ्क्रमणलाई न्यूनिकरण गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।

कास्कीमा २०६७÷०६८ मा ३ लाख ८१ हजार २ सय खपत भएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । यसैगरि २०६८÷०६९ मा ४ लाख ६९ हजार ५ सय र २०६९÷०७० मा ७ लाख २६ हजार ९ सय खपत भएको तथ्यांक छ । गत वर्ष १६ लाख कण्डम आयात भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले निशुल्क रुपमा कण्डम वितरण गर्दै आएको छ ।

कमेन्टहरु
Loading...