जि.सी.को चुनावी अभियान मौजावासी सगँ

पोखरा १ कार्तीक/मंसीर ४ गते हुने अर्को संविधान सभा निर्वाचनमा कास्की क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार मानबहादुर जि.सी.लाई जिताउने मौजावासीले प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावको मिति नजिकिदै गर्दा घरदैलो अभियानलाई तिव्रता दिने क्रममा शुक्रबार कास्कीको मौजा पुगेका एमाले कास्कीका अध्यक्ष समेत रहेका संविधान सभा निर्वाचनमा कास्की क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार जिसीलाई मौजावासीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा जिसीले मौजाबासीबाट पाएको सहयोग र सर्मथनले आफुमा उत्साह थपिएको बताए । आफु निर्वाचित भएपछि समग्र कास्की तथा कास्की क्षेत्र नं. १ को विकासमा आफु सदा लागिपर्ने वाचा उनले गरे । एमालेको लहर पुर्व मेचिदेखि पश्चिम महाकाली सम्म आएको भन्दै घर घरमा, गाउँ गाउँमा एमालेको निति तथा कार्यक्रमको प्रचार प्रसार गर्दै एमालेको पक्षमा भोट हाल्न पेरीत गर्न उनले आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्द्रै कास्की क्षेत्र नंंं १ का क्षेत्रीय संयोजक मन बहादुर गुरुङ्गले विगतको संविधान सभाको चुनावमा एमाले हारेको कारण संविधान बन्न नसकेकोले मंसीर ४ गतेको निर्वाचनमा एमालेलाई जिताउनु पर्ने दावी उनले गरे ।

एमालेको जित विना लोकतन्त्र संस्थागत हुन नसक्ने भन्दै जनपक्षिय संविधान बनाउन एमालेको बहुमत आउनुपर्ने उनको भनाई थियो । एमालेको निति तथा कार्यक्रममानै देश हिडिरहेको भन्दै एमालेको बिजयविना देशमा सकारात्मक परिवर्तन आउन नसक्ने उनले बताए ।
नेकपा एमाले मौजा गाउँ कमिटिका अध्यक्ष भिम प्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नंंं १ का क्षेत्रीय सचिव बालकृष्ण गुरुङ्ग, पुर्व सचिव बैन बहादुर गुरुङ्ग, नन्द प्रसाद गुरुङ्ग, नरकाजि गुरुङ्ग, शारदा बाँस्तोला लगायतले बोलेका थिए । मौजा गाउँ विकास समितिमा कुल १ हजार ८५ मतदाता रहेका छन् ।

कमेन्टहरु
Loading...