संघीय समाजवादीले कास्कीको अगुवालाई प्रशिक्षण

पोखरा, ३१ असोज/पहिचानसहितको सङ्घीयता, सङ्घीयता सहितको संविधान निर्माणका नाराका साथ दोश्रो संविधानसभाको निर्वाचनमा पहिलो पटक सहभागी सङ्घीय समाजवादी पार्टी कास्कीले पोखरामा आज कास्की जिल्लाको अगुवा कार्यकर्तालाई चुनावी अभियान सम्बन्धी प्रशिक्षण दिएको छ ।कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य अधिवक्ता सुरेन्द्र थापामगरले पहिचान, संघीयता र पुराना पार्टीको असफलता, विदेश विभाग सदस्य सुन्दर गुरुङले संघीय समाजवादीको मुद्धा र पार्टीको अपील,, कानुन विभागका सदस्य अधिवक्ता जुनाकुमारी गुरुङले दोश्रो संविधानसभा निर्वाचन आचारसंहिता २०७०, प्रचार विभाग सदस्य हुमबहादुर गुरुङले चुनावी प्रचार शैली र सञ्चार माध्यम, पार्टीका सचिव डिवी नेपालीले चुनाव प्रचार अभियान र दलितको सहभागिता, पार्टीका केन्द्रीय सचिव मीना गुरुङले चुनावी अभियान र महिला का विषयमा सहजीकरण गर्नुभएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष दिपक वाईबा तामाङको अध्यक्षता, केन्द्रीय सचिव मीना गुरुङको प्रमुख आतिथ्यता, जिल्ला सचिव गिरीप्रसाद गुरुङको सञ्चालनमा भएको कार्यक्रममा सहसचिव मनबहादुर भुजेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टीका तर्फबाट कास्की क्षेत्र नं १ का उमेदवार मनबहादुर गुरुङ, क्षेत्र नं. २ का उमेदवार देवीराज गुरुङ, क्षेत्र नं. ३ का पानबहादुर घर्ती भुजेल र क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङले चुनावी प्रतिवद्धता व्यक्त गर्नुहुदै चारै क्षेत्रमा विजयी सुनिश्चित भएको दावी गर्नुभएको थियो ।

कार्यक्रममा गाविस र नगरका अगुवाहरु गरी करिब एक सय जनाको सहभागिता रहेको थियो । यसैविच क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङले ढिकुरपोखरा गाविसको वडा नं. १, २ र ३ मा आज मतदाताको घरदैलो एवं भेटघाट सम्पन्न गर्नुभएको छ भने क्षेत्र नं. २ का उमेदवार देवीराज गुरुङले पोखरा उपमहानगर पालिकाको वडा नं. १६ का अध्यक्ष प्रदिप गुरुङको संयोजनमा मध्यम पथ, खरबारी लगायतको क्षेत्रमा मतदाताको घरदैलो र भेटघाट सम्पन्न गर्नुभएको छ ।

कमेन्टहरु
Loading...