चापाकोटको वाम्दीमा कांगे्रस क्षेत्रनं ४ को चुनावी भेला

पोखार, ३१ असोज /नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नं ४ को चापाकोट गाँउ विकास समितिको वाम्दीमा विहीवार चुनावी भेला भएको छ । चुनावी भेलालाई सम्वोधन गर्दै, नेपाली कांग्रेस कास्कीका नेताहरुले प्रजातान्त्रिक संविधान निर्माण र देशको आर्थिक समृद्धिका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले सिंगो कांग्रेसका पक्षमा देशैभरी जनलहर आएको भन्दै, नागरिक अधिकार सहितको संविधान निर्माण गर्न अहिलेको संविधानसभा चुनाव कांग्रेसलाई जिताउनुपर्ने वताउनुभयो ।

माओवादीले नै शान्ति प्रक्रिया र सम्झौताको अवहेलना गरेको तर्फ संकेत गर्दै नेता शर्माले, कम्युनिष्टहरुले विगतमा नागरिकलाई झुक्याएपनि अव नागरिक कांग्रेसकै पक्षमा उभिने र चुनावमा मत नदिने दावी गर्नुभयो । नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ का उम्मेद्वार महादेव गुरुङ्गले शान्ति र नयाँ संविधानका लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । विगतमा वैदाम पामे मोटरवाटोको ट्रयाक खोल्दा आफुले गरेको संघर्ष स्मरण गर्दै नेता गुरुङ्गले भन्नुभयो–अव यसको स्तरउन्नति गर्ने जिम्मा पनि आफ्नै काँधमा आएकाले यो मोटरवाटो कालोपत्रे गरी छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

नेता गुरुङ्गले जातियताको नारादिएर देशलाई छिन्न–भिन्न पार्नेहरुलाई जनताले निर्वाचनमा परास्त पार्ने भएकाले कांग्रेसको जीत सुनिश्चीत भएको दावी गर्नुभयो । उम्मेदवार गुरुङ्गले ६० वर्ष नाघेका जेष्ठ नागरिकको निशुल्क उपचार गर्ने व्यवस्थाका लागि आफुले पहल गर्ने उद्घोष समेत गर्नुभयो ।पूर्व सहायकमन्त्री प्रकाशवहादुर गुरुङ्गले कांग्रेसको काँधमा मुलुकलाई गम्भीर संकटवाट जोगाउने गहन जिम्मेवारी आएको वताउनुभयो । पूर्वसहायकमन्त्री गुरुङ्गले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र रहे मात्रै देशमा सवै जातजाती, भाषाभाषी, वर्गका नागरिकको उत्थान हुन्छ, त्यसैले हत्या हिँसाको राजनीति अन्त्य गरी नयाँ संविधान निर्माण गर्ने काम कांग्रेसको नेतत्वले मात्रै सक्ने वताउनुभयो ।

कमेन्टहरु
Loading...