गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण

पोखरा, १९ जेठ / गण्डकी प्रदेशको नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण देखीएको छ ।

कावासोती नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२ र ३६ बर्षिय २ जना पुरुषहरु र नवलपुरको बिनयत्रिवेणी गाउँपालिका ठेगाना भै सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका १४ बर्षिय १ जना युवा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निदेशनालय गण्डकीका निदेशक विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरुलाई नवलपरासी जिल्ला अस्पतालमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए । यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

कमेन्टहरु
Loading...