सफल पोखरा कपको तयारी अन्तीम चरणमा

सागर राज तिमिल्सिना
पोखरा, ३० असोज/एन्फा कास्कीको आयोजनामा कात्तिक ५ गते देखि हुने सफल पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामाको तयारी अन्तीम चरणमा पुगेको छ । लक्ष्मी गु्रपको उत्पादन सफल दुधको मुख्य प्रयोजनमा पोखरा हुने प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको एन्फा कास्कीका अध्यक्ष गोपि भट्टराईले बताए । उनले प्रतियोगितामा सहभागीता जनाउन टिम, खेल मैदान, प्रयोजक सबैको तय भैसको बताए ।

safalकात्तिक १६ गते सम्म सन्चालन हुने तेश्रो संस्करणको सफल पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा ७ राष्ट्रिय क्लब, तीन विदेशी, एन्फा एकेडेमी र आयोजक पोखरा एघार गरि १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । ।

प्रतियोगितामा मनाङ मस्र्याङदी, थ्री स्टार, एन्फा यु–१६, त्रिभुवन आर्मी क्लब, शसस्त्रको एपीएफ क्लब, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा, विदेशी क्बल हङकङ नेप्लिज एशोसियन, अष्ट्रेलियाको यति एफसी, भुटान र आयोजक पोखराले उपाधिको लागी प्रतिस्पर्धा गर्ने कास्की जिल्ला फुटबल संघका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा जाउलाखेल क्बल र फेन्स क्बल विच हुने छ । प्रतियोगितको करिव ९५ प्रतिशत काम सकिएको छ । प्रतियोगिताको प्रचार–प्रसारका यति बेला एन्फा लागेको छ । एघार दिने प्रतियोगिताको लागि ५५ लाख ६० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...