बुद्ध जन्मस्थलबारेको गलत प्रचार बिरुद्ध पोखरा–लुम्बिबी मोटरसाईकल ¥याली

पोखरा ३० असोज । बुद्ध जन्मस्थलबारे पछिल्लो समय आएको भ्रमक शन्देश बिरुद्ध पोखरा–लुम्बिनी मोटरसाईकल ¥याली आयोजना गरिएको छ ।बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सन्देश दिन अन्नपूर्ण सामुदायिक बिकास मञ्च सराङकोटले मोटरसाईकल ¥यालीको आयोजना गरेको हो । तीन दिने प्रचारात्मक कार्यक्रम अन्तर्गत आज बिहान पोखराबाट १७ जना युवा १० वटा मोटरसाईकल सहित लुम्बिनी प्रस्थान गरेका छन् ।

¥यालीमा सहभागि युवाहरुले नेपालको राष्ट्रिय झण्डा सहित बुद्ध नेपालमा जन्मिएको बारे पर्चा समेत बितरण गर्ने बताईएको छ । सामाजिक संघसंस्था
मार्फत युवाहरुलाई राष्ट्रियता प्रति जागरुक बनाउने उद्देश्यले कार्यक्रम गरिएको मञ्चका अध्यक्ष तिलक बहादुर खड्काले जानकारी दिए । साथै बुद्धको जन्मस्थलबारे पछिल्लो समय आएका गलत शन्देशलाई मेटाउन पनि कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

मोटरसाईकल ¥याली उद्घाटन कार्यक्रममा चिन्तामणी तिमल्सिना, रामप्रसाद तिमिल्सना, कृष्ण प्रसाद तिमिल्सना , शिब शर्मा लगायतले बुद्ध जन्मस्थल र महत्वको बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...