मुस्लिमहरु बकरिद पर्व धुमधामसँग मनाईंदै

पोखरा, ३० असोज/मुस्लिम समुदायको चाड बकरिद अर्थात इदुजोहा आज देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन् । यस पर्वमा मुसलमानहरूले खासगरी कुरबानी गर्नुपर्ने नियम छ । आर्थिक अवस्था राम्रो हुनेहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्दछन् ।

यस वर्ष नेपालबाट एक हजार भन्दा बढी मुसbakarid-eidलमानहरू हजका निम्ति मक्का मदिना गएका छन् । कुरबानीका लागि नेपाली मुसलमानहरूले खसी, भैँसी एवम् बाँझो पाठीलाई इदुजोहाको नमाज पढेर घर आइसकेपछि बली चढाउँछन् जसलाई कुरबानी भनिन्छ । कुरबानी आफ्ना नामको अतिरिक्त परिवारका मृत सदस्यहरूको नाममा पनि चढाइन्छ । त्यसै पोखरामा रहेका मुस्लीमहरुले पनि मस्तीजमा जाने गरेका छन् पोखराको चिप्लेढुङ्गा र मिया पाटरनमा रहेको मस्तीजमा धेरै पुग्ने गर्दछन् । तस्वीर ः गुगल

कमेन्टहरु
Loading...