समानुपातिकको स‌शोधित सुची बुझाउने अन्तिम दिन

काठमाडौ, ३० असोज /आसन्न स‌विधानसभा चुनावको लागि समानुपातिक तर्फका उम्मेद्वारहरुको स‌शोधित सुची बुझउने आज अन्तिम दिन हो । असोज १८ गते बुझाएको समानुपातिकको सूची फेरबदल गरी आज स‌शोधित सुची बुझाउनुपर्छ । प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गरेकै भोलिपल्ट निर्वाचन आयोगको कार्यतालिका भ्याउनको लागि ३ सय ३५ जनाको सुचि आयोगलाई बुझाएका दलहरु त्यसमा फेरबदल गर्न दसैँको समयमा पनि बैठक गरिरहेका थिए । चुनाव आउन पाँच सातामात्रै बाकिँ रहँदा पनि घोषणापत्रसमेत सार्वजनिक मुख्य तीन दलले गर्न सकेका छैनन् ।

कमेन्टहरु
Loading...