दशैमा अपराधिक घटनामा कमी

गोकुल बानियाँ /पोखरा, ३० असोज यस बर्षको दशैमा कास्कीमा अपराधिक घटनामा कमी आएको छ । टिकाको भोलिपल्ट मंगलवार सम्म कास्कीमा छिटफुट घटना बाहेक अन्य अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीको कडा सुरक्षा निगरानी र नागरिकमा आएको सुरक्षा सचेतनाको कारण अपराधिक घटनामा कमी आएको कास्की प्रहररी प्रमुख प्रहरी उपरिक्षक केदार रिजालले बताए । अघिल्ला बर्षको चुलनामा यस बर्ष कास्कीमा दशै शान्तिपूर्ण रहेको प्रहरीको दाबि छ ।

सामान्य झैझगडा गर्ने र मदिरा सेवन गरी सवारी चलाउने केहिलाई कारबाही गरिएको प्रहरीले जनाएका छन् । चाडपर्बमा हुने अपराधिक घटनालाई लक्षित गर्दै लागु गरिएको बिशेष सुरक्षा योजना प्रभाबकारी भएको प्रहरीले जनाएको छ । चाडपर्ब बिशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले पोखरा र लेखनाथको साथै ग्रामिण क्षेत्रको लागि सुरक्षा तैनाथी र निगरानी बढाएको छ ।

शहरी क्षेत्रमा बिशेष्गा प्रहरी टोलि परिचालन गरी चेकजाचमा कडाई गर्नुको साथै ग्रमिण क्षेत्रको लागि ग्रामिण गस्ती टोलि परिचालन गरिएको छ । बिषेश सुरक्षा योजना तिहार र छठ सम्म रहने प्रहरीले जनाएको छ । संभाबित आपराधिक गतिबिधि नियन्त्रणको लागि पोखरामा दैनिक ३ सय प्रहरी परिचालन गरिएको छ । पश्चिमाञ्चलमा रहेका एउटा गण, ३ गुल्म र सबै जिल्ला प्रहरी कार्यलय र ईलाका प्रहरी कार्यलायका गरी करिब ९ हजार प्र्रहरी परिचालन गरिएको पश्चिम क्षेत्रिय प्रहरी कार्यलय पोखराले जनाएको छ ।

कमेन्टहरु
Loading...