जिल्ला प्रहरी कास्की नयाँ भवनमा

पोखरा, १८ मंसिर/जिल्ला प्रहरी कार्यालयक कास्कीको कार्यालय नयाँ भवनमा सरेको छ । पोखरा गैहपाटन रहेको प्रहरी भवन जिर्ण अवस्थामा पुगेको थियो । जिर्ण अवस्थामा पुगेको भवन पछाडी करिब १ करोड ६१ लाख ९९ हजारमा भवन निमार्ण भएको हो । गत वर्षको जेठबाट निमार्ण कार्य शुरु भएको भवन सम्पन्न भएपछि प्रहरीको कार्यालय सरेको हो ।

तीन तले नयाँ भवनमा २५ कोठा रहेका छन् । नयाँ भवनमा थुनुवाका लागी तिन वटा हल छन् भने अन्य कोठाहरु प्रहरी कार्यालयका लागी रहेका छन् । प्रहरी कार्यालय नयाँ भवनमा सरे पछि पुरानो भवनलाई भत्काउने काम प्रहरी तलीन छ ।

कमेन्टहरु
Loading...