एमाले कास्कीका उम्मेदवार भोट माग्न ब्यस्त

पोखरा,२५ असोज/आगामी मंसिर चार गते हुने संविधा सभा निर्वाचनका लागी एमाले कास्कीका उम्मद्वारहरु जनतासंग भोग माग्न ब्यस्त बनेका छन् । कास्कीका चार ओटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु जनताका घरदैलोमा पुगेर आफुलाई विजय गराउन आग्रह गरिहरेका छन् । नेपालीहरुको महान चाड दशै मनाउने कामका सिलसिलामा जिल्ला बाहिर रहेकाहरु समेत घर फर्किने क्रम सुरु भएपछि एमालेका उम्मेदवादहरु जनताको घर–घरमा पुगेर आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।

कास्कीको क्षेत्र न १ का एमाले उम्मेदवार मानबहादुर जिसी यति बेला भोट माग्न ब्यस्त बन्नु भएको छ । उहाँ जनताको घर आँगना पुगेर आफुलाई आगामी संविधान सभा निर्वाचनमा विजयी गराउदै सवैको अधिकार समेटिएको बहुपहिचान सहितको संविधान लेख्ने कार्यमा सहभागी हुने अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ । त्यस्तै क्षेत्र २ का उम्मेदवार कृष्ण थापा पनि जनताको घरमा भोट माग्न ब्यस्त हुनुभएको छ । एमाले विना देशले शान्ति र संविधान पाउन नसक्ने भन्दै उहाँ जनतासंग आफुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै क्षेत्र ३ का यूवा उम्मेदवार रविन्द्र अधिकारीले पनि नेकपा एमालेलाई मतदान गरि जिताउन आग्रह गदै जनताको विचमा पुग्नु भएको छ । गत संविधान सभामा विजयी अधिकारी जनताको विचमा लोकप्रिय हुनुहुन्छ भने गत संविधान सभामा प्रभावकारी भुमिका निर्वाह गर्नुभएको थियो । यता क्षेत्र न ४ एमाले उम्मेदवार सिता गिरी ओली पनि जनताको घरदैलोमा मत माग्न ब्यस्त हुनुहुन्छ । उहाँले पनि नेपाली जनताको सुख दुखको साथी नेकपा एमाले भएकाले एमालेका उम्मेदवारलाई जिताउनु आग्रह गदै मत मागि रहनु भएको छ ।

कमेन्टहरु
Loading...