अन्तराष्टिय अनवेषण दिवस, कृषक सम्मानीत

पोखरा, १५ मंसिर/ आज अन्तराष्ट्रिय कृषक अनवेषण दिवस । स्थानीय स्तरमा अन्वेषण गरेकाहरुलाई राष्ट्रिय कृषक अन्वेषक २०१२ बाट पोखरामा सम्मान गरेको छ । घर वरिपरि भएका जैविक पदार्थको प्रयोग गरी सजिलो तथा सस्तो रूपमा गँड्यौला मल तयार र त्यसको उपयोग गर्ने तौल तरिकाको अनवेषण गरेक भन्दै चितवनका तेजबहादुर लामा र समूहको लगानी अन्वेषण विकासमा लगानी गरेको भन्दै सिन्धुपाल्चोकका महिला हित कोष समुहलाई नगद सहित सम्मानपत्रले सम्मान गरेको हो ।

उनीहरुलाई कृषिमन्त्रालयका उपमहा निर्देशक इश्वरी प्रसाद रिजालले नगद १०÷ १० हजार रुपैया सहित सम्मान गरे । लामा सगँ अहिले करिब पाचँ लाख गँड्यौला छन् भने करिब मासिक ५ टन गँड्यौला मल उत्पान गरि विक्रि वितरण गर्ने गरेका छन् । त्यसै गरि महिला हित कोष समुहले कृषि अन्वेसणमा खर्च गर्ने गरेको र आफ्नो खाता प्रणालीलाई प्रभावकारी बनाउने काम गरेको भन्दै पुरस्कृत गरेका हो ।

नेपालमा विभिन्न ६ वटा साझेदार संस्थाहरुले स्थानीय अन्वेषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नेपालले पहिलो पटक वि.सं. २०६६ मा प्रथम राष्ट्रि«य स्थानीय अन्वेषण मेलामा उत्कृष्ट पुरुष तथा महिला अन्वेषकहरूलाई पुरस्कृत गर्ने परिपाटीको थालनी गरिएको थियो । सम्मान कार्यक्रमा कृषिमन्त्रालयका उपमहा निर्देशक इश्वरी प्रसाद रिजाल, लि व्रर्डका निर्देशक श्रीराम न्यौपाने, लिवर्डका कार्यक्रम कार्यक्रम अधिकृत पुष्पराज तिवारी लगाएतले सरकाले कृषी क्षेत्रमा अझ प्रभावकारी रुपमा कृष पोत्साहन कार्यक्रम सन्चान गर्नु पर्ने बताए ।

प्रोलिन्नोभा सञ्जालका विभिन्न देशहरूमध्ये नेपालले पहिलो पटक शुरु गरेको उत्कृष्ट अन्वेषकको छनोट तथा पुरस्कार दिने पद्धतिलाई अन्य राष्ट्र«हरूले पनि अनुकरण गर्ने निर्णय सन् २०१२ मा अफ्रिकी देश मालीमा भएको अन्तर्राष्ट्रि«य साझेदार संस्थाको कार्यशाला गोष्ठीमा भएको थियो । यसै वर्षदेखि प्रत्येक प्रोलिन्नोभा राष्ट्रहरूले एकै दिन पारेर अन्तर्राष्ट्रि«य कृषक अन्वेषण दिवस मनाउने निर्णय भएअनुसार यस वर्ष नोभेम्बर २९ को दिन छानिएको हो ।

कमेन्टहरु
Loading...