पोखरा, २ वैशाख / पोखरा महानगरपालिका २९ आदर्शचोक स्थित प्रतिक्षालयमा एक जना मृत फेला परेका छन् ।
हालसम्म नाम ,थर ,वतन नखुलेको अन्दाजी ३० पुरुष व्यक्ति मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट गएको टोलीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।