संघीय समाजवादी चुनाव प्रचार समिति गठन

पोखरा, २२ असोज/दोश्रो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीको तर्फबाट कास्की निर्वाचन क्षेत्र नंं ४ बाट उमेदवार बन्नुभएका गणेशमान गुरुङलाई जिताउन वडा वडामा चुनाव प्रचार प्रसार समिति गठन भएको छ । सल्यान गाविसको वडा नं. १ काफलडाडामा सम्पन्न वडा भेलाले मनबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय वडा चुनाव प्रचार प्रसार समिति गठन भएको छ । समितिको उपाध्यक्षमा दुर्गादत्त पौडेल, सचिवमा रितेश गुरुङ, सदस्यहरुमा सममाया पौडेल, दिलकुमारी गुरुङ, पार्वती गुरुङ, देविकुमारी गुरुङ, सोमबहादुर गुरुङ, अनिता गुरुङ र यमबहादुर गुरुङ रहनुभएको छ ।

कमलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले सल्लाहकार समितिमा हरिदत्त विक, श्रीप्रसाद गुरुङ र कमलबहादुर गुरुङलाई चयन गरेको छ ।यसैगरी सल्यान गाविसकै वडा नं. २ र ३ को बासखर्कमा सम्पन्न भेलाले चेतबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दिपेन्द्र गुरुङ, सचिवमा मोती गुरुङ, सहसचिवमा इश्वर भुजेल, कोषाध्यक्षमा सचिन गुरुङ र सदस्यहरुमा गंगा गुरुङ, सुर्य गुरुङ, भुपेन्द्र गुरुङ, कृष्णबहादुर विक, इन्द्र गुरुङ चयन हुनुभएको छ ।

भेलाले समितिको सल्लाहकारहरुमा ज्ञानप्रसाद गुरुङ, भिमबहादुर गुरुङ, लालकुमारी गुरुङ, लक्ष्मी गुरुङ र पुर्णकुमारी गुरुङ चयन हुनुभएको छ ।यसरी नै लाहाचोक गाविसको वडा नं ४ को वडा भेलाले डम्बरबहादुर सुनारको अध्यक्षतामा संघीय समाजवादी पार्टी वडा चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा यामलाल परियार, कृष्णबहादुर सुनार, भद्रबहादुर सुनार, मनकुमारी सुनार, सन्तबहादुर सुनार, भिमबहादुर जिसी, टेकबहादुर विक चयन हुनु भएको संघीय समाजवादी पार्टीका केन्द्रीय सचिव डिवी नेपालीले जानकारी दिनुभयो ।

भेलाहरुमा क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङ, पार्टीका केन्द्रीय सचिव डिवी नेपाली, जिल्ला सचिव गिरीप्रसाद गुरुङ, क्षेत्रीय अध्यक्ष ओमबहादुर गुरुङ लगायतले नयाँ बैकल्पिक राजनीतिक शक्तिले मात्रै पहिचानसहितको संविधान निर्माण गर्ने दावी गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...