बृहत्त राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी पुरा

पोखरा,१० मंसिर / नेपाल पुस्तक व्यवसायी महासङ्घ कास्कीले आयोजन गर्न लागेको बृहत्त राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव – २०६९ को तयारी पुरा भएको छ । नेपाल पुस्तक व्यवसायी महासङ्घ कास्कीले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि तयारी पुरा भएको जनाकारी दिएको हो ।

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान, बृहत्त शैक्षिक महोत्सव, पोखराको गौरव भन्ने मुल नाराका साथ हुने महोत्सव मंसिर १२ देखि १८ गतेसम्म पोखराको फेवाताल किनारस्थित बसुन्धरा पार्कमा हुने छ। महोत्सवमा भाषा साहित्य र कलाको क्षेत्रबाट विकासका लागि महत्वपुर्ण योगदान पु¥याएका पाँच जना मुर्धन्य व्यत्तित्वहरु प्रा.डा.केदारभक्त माथेमा, प्राज्ञ भाषाविद् मुकुन्दशरण उपाध्याय, शिक्षाविद् आनन्ददेव भट्ट, महानायक राजेश हमाल र साहित्यकार श्यामदास महर्जनलाई रथारोहण सहित सम्मान गरिने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक देवकृष्ण काफ्लेले जानकारी दिए ।

विभिन्न प्रकाशनका पुस्तकहरुको एक सय ८४ स्ट्रल रहने महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न झण्डै ३५ देखि ४० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। स्ट्रलहरु दई चार वटा वुकिड्डहुन बाकि रहेको आयोजकले जनाएको छ ।
महोत्सव सम्पन्न गर्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीका अध्यक्ष ऋषिराम शर्मा भण्डारीको अध्यक्षतामा एक हजार एक सदस्यीय मुल आयोजक समिति र विभिन्न ३२ वटा उपसमितिहरु गठन गरिएको छ।
नेपाल कापी उद्योग विरगञ्ज मुख्य प्रायोजक रहेको उक्त महोत्सवमा ३२ लाख रुपैया संकलन भईसकेको उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सवमा पोखरेली पाठकहरुले विभिन्न पुस्तकका राष्ट्रिय र अन्र्तराष्ट्रिय लेखकहरुलाई पोखरामा नै भेट्न पाउने आयोजकले जनाएको छ ।
पाठक र लेखकहरुवीचको भेटघाट र अन्तरक्रियाले महोत्सवलाई रचनात्मक बनाउने अपेक्षा आयोजकले गरेको छ।
टिकट विक्रीबाट प्राप्त हुने रकम र व्यवसायीहरुबाट संकलित रकमबाट खर्च व्यवस्थापन गरिने बताइएको छ।
पुस्तक, मसलन्द, तथा शैक्षिक सामाग्रीहरुका उत्पादक, वितरक, विक्रेता, पाठक तथा उपभोक्तावीच सुमधुर सम्वन्ध स्थापित गर्ने, महत्वपुर्ण तर दुर्लभ शैक्षिक सामाग्रीको उपलव्धतालाई सहज बनाउने, पढ्ने बानिको विकास गर्ने, राष्ट्रिय पुस्तक नीति निर्माणमा सघाउने, पोखरालाई शैक्षिक तथा साहित्यिक पर्यटन केन्द्रको रुपमा विकास गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोकज ऋषिराम शर्मा भण्डारीले जानकारी दिए ।
महोत्सवले परीक्षामुखी गाइड, गेसपेपर, छाडा एवं नम्कली पुस्तक तथा शैक्षिक समाग्रीको उत्पादन तथा विक्री र प्रयोगलाई समेत निरुत्साहित गर्ने लक्ष्य राखिएको आयोजकले जानकारी दिए ।
विभिन्न विधाका पुस्तक, मसलन्द र शैक्षिक सामाग्री प्रदर्शनीको अलावामा विद्यालयस्तरीय विज्ञान प्रदर्शनी, लोक नृत्य, गायन तारा, लघुनाटक, कवितावाचान, लघुनाटक प्रतियोगित, राष्ट्रिय कलाकारहरुको प्रस्तुती, बालउद्यान, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम पनि महोत्सवको आकर्षण रहने छ।
महोत्सव अवधिभर पुस्तकहरुमा विशेष छुट र विभिन्न सङ्घसंस्थालाई निःशुल्क पुस्तक समेत वितरण गरिने बताइएको छ।
पत्रकार सम्मेलनमा नेपाल पुस्तक व्यवसायी महासङ्घ कास्कीका सचिव अजूर्न पोख्रेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैविच महोत्सव मुल आयोजक समितिले आईतबार महोत्सवको प्रचार प्रसारका लागि पोखराको टुडिखेलबाट मोटरसाईकल ¥याली निकालेको थियो ।
मटरसाईकल ¥याली पोखरा र लेखनाथको मुख्य मुख्य वजार परिक्रमा गरि महोत्सव स्थल वसुन्धरा पार्कमा गएर समापन भएको थियो ।

कमेन्टहरु
Loading...