नेपालमा बर्डफ्लु नियन्त्रणका लागि भ्यक्सिनको प्रयोग असम्भव

पोखरा २२ असौज /नेपालमा बर्डफ्लु नियन्त्रणका लागि भ्याक्सिनको प्रयोग गर्न केही भेटेरिनरियनहरुले जोड दिएका प्रति पोखरामा आयोजित एक गोष्ठिमा सहभागीहरुले आपत्ति जनाएका छन् । नेपालको भौगोलिक अवस्था लगाएतका कारण र फरक फरक ठाउँमा एमिएन इनवफुलुइन्जाको प्रकृति फरक पर्ने भएकाले ठ्याक्क एकै प्रकारको भ्याक्सिनले काम नगर्ने भएकाले यसको प्रयोग कुनैपनि हलतमा प्रभावकारी नहुने उनीहरुको भनाई थियो ।

नेपालमा बर्डफ्लु नियन्त्रणका लागि भ्याक्सिन भित्राईए यसले केही त्यसको ब्यवसायीहरुले फाइदा लिएपनि समग्रमा मुलुक जोगाउनका लागि त्यसको प्रयोग हुन दिन नहुनेमा उनीहरुको जोड थियो । म्ांगलबार स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखा र जुनोसिस नियन्त्रण आयोजना काठमाण्डौले आयोजना गरेको लक्षित जुनोटिक रोग सम्बन्धि सरोकारवालाहरुलाई एक दिने अभिमुखिकरण गोष्ठिमा बोलदै राष्ट्रिय पशु पर्जनन् केन्द्रका प्रमुख डा. विमल कुमार निर्मलले नेपालमा जतिपनि इपिडिमियोलोजिमा कार्यरत विशेषज्ञहरु हुनुहुन्छ उहाँहरुले भ्याक्सिनको प्रभावकारीता नहुने स्पष्ट पारेको वताउनुभयो ।

उहाँले मानव स्वास्थ्यलाई जस्तै पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई पनि सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण गर्दै क्षेत्रीय पशुसेवा तालिम केन्द्रका निर्देशक डा. बंशी शर्माले भ्याक्सिनेसन तर्फ जाने जस्तो भुल गर्नबाट सम्पुर्ण भटेरिनरिएनहरु एक भएर रोक्नु पर्ने वताउनुभयो । उहाँले  बर्डफ्लुको उच्च जोखिममा रहेका पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न ६ जिल्लाका झण्डै २५ जना पशु चिकित्सक सहभागि सो गोष्ठीमा क्षेत्रीय पशुरोग प्रयोगशालाका डा. केदार पाण्डे,जिल्ला पशुसेवा कार्यालय कास्कीका प्रमुख डा. प्रकास राज श्रेष्ठ, पर्वतका बरिष्ठ पशु विकास अधिकृत दिर्घनाथ ढुंगाना लगाएतले बोल्नु भएको थियो भने सहभागिहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

कमेन्टहरु
Loading...