अबको निर्वाचनमा नेपाली जनताले राजनीतिक सभ्यता प्रदर्शन गर्न पर्छ

विश्व घिमिरे
आगामी २०७० मंसिर ४ गते संविधानसभाको निर्वाचन हुँदैछ । निर्वाचन लोकतन्त्र र गणतन्त्रको अपरिहार्य आवश्यकता पनि हो । यस पटकको निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली जनताका साथ ऐतिहासिक अवसर बनेको छ ।  यसमा सम्पूर्ण नेपालीको पूर्ण सहभागिता हुनेछ र हुनुपर्दछ पनि । यसबाट राजनीतिक नेतृत्वले संविधान निर्माण र सत्ता सञ्चालनको वैधानिकता पाउनेछन् ।निर्वाचनप्रति जनताले देखाएको उत्साह नै निर्वाचनको निश्पक्षताको कसी हो । यी अपरिहार्य गुण भएमा प्रतिक्रान्तिको सम्भावना हुदैन । यो कुरा राजनीतिक पार्टी र तिनका नेतृत्वले बुझनु जरुरी छ । चुनावमा निर्भयपूर्ण वातावरण, स्पष्ट र पारदर्शक आर्थिक अनुशासन , निष्पक्षताको सक्रियता, धाँधलीरहित मतदानको अभ्यासका साथसाथै सबै पक्षहरुबीच हार्दिकतापूर्ण मानवीय व्यवहार पनि गरिनु पर्दछ । बुद्ध र गान्धीका शान्ति र अहिंसा एवं अब्राहिम लिंकनका लोकतान्त्रिक सिद्धान्त नेपालमा कार्यान्यन गराउन सके शान्तिगामी नेपाली जनताको आँकाक्षा पनि पूरा हुनेछ । जननायक वीपी कोइरालाले प्रतिपादन गरेको नेपाली जनताप्रतिको राष्ट्रियता र मेलमिलाप नीति सबै राजनीतिक पार्टीको भावनात्मक एकता प्रतिबिम्बित हुनु पर्दछ ।

तबमात्र शान्ति र संविधान निर्माणका लागि उपयुक्त वतावरण निर्माण हुनेछ । निर्वाचनमा काँग्रेसले बहुमत ल्याउन, एमाओवादीले दुई तिहाई ल्याउन , र एमालेले ठुलो दल हुने भन्ने नाराले मात्र उनीहरुको भनाई र नारा सार्थक हुन जनताले कस्को एजेण्डा मनपराएका छन् हेर्न पर्दछ । कार्टर सेन्टर एटलान्टा जर्जिया देखि संयुक्त राष्ट संघ र अन्य राष्टिय अन्तराष्टिय सगठनले भारी मात्रामा निर्वाचन पर्यवेक्षण गर्न निर्वाचन आयोगमा दर्ता भएका पर्यबेक्षक पठाएको छन् । यीनको संख्या ५१ वटा छन् । सबैले यही निर्वाचनको निष्पक्ष र धादली रहित कसरी बनाउन पर्छ हेरिरहेका छन् ।

चुनावमा कुनै पनि पार्टीले हामीले जित्नै पर्दछ भन्ने मानसिकता राजनीतिककर्मीलाई सामान्य लाग्न सक्छ । तर राजनीतिक पार्टीको त्यस्तो
मानसिकताले राष्ट्र कमजोर र असफल हुन्छ । त्यसैले कुन राजनीतिक पार्टीलाई जिताउने भन्ने कुरा जनतामाझ स्वतन्त्र छोडिदिनु पर्दछ । राजनीतिक पार्टीका क्रियाकलाप र तिनका घोषणपत्रका आधारमा जनताले पार्टीहरुको क्षमता र योग्यतामा कसी लगाउने मान्यता स्थापित गराउनु पर्दछ । किन कि चुनाव जनभावनाको प्रतिविम्व हो । त्यसैले यस मान्यताको सबै राजनीतिक पार्टीहरुले कदर गर्नु पर्दछ । बुथ कब्जा गरी सत्ता सञ्चालन गर्ने मानसिकता र क्रियाकलाप जनआकाँक्षा विपरीत सिद्धान्त हो ।

बुध कब्जा र सत्ता कब्जाको इतिहास विश्वमा कही पनि सफल भएको छैन । बुथ कब्जा गरे राजनीति प्रति घृणा फैलिन्छ । सत्ता कब्जा गरे मुलुकमा तानाशाह जन्मने सम्भाबना हुन्छ । त्यसैले राजनीतिक पार्टीले बुथ कब्जा गर्ने संस्कृतितर्फ कायकर्ता परिचालन गर्नु हुदैन, केवल जनताको मन कब्जा गर्ने विधिको अवलम्बन गर्नुपर्दछ । र, जनताको मन जित्नुपर्छ । बुथ कब्जाको संस्कृतिले हार्नेले जित्छ र जित्नेले हार्छ । त्यस अवस्थामा जनताको खास
प्रतिनिधित्व हुन सक्दैन । धाँधली भएको प्रमाणित भएमा पुनःमतदान गर्नुपर्छ र निर्वाचन प्रकृया पनि लज्जाजनक हुन्छ । अर्कोतर्फ आर्थिक प्रलोभन देखाएर मतदाता खरीद गर्ने परम्परालाई समेत निरुत्साहित गर्नुपर्छ । हामी नेपालीलाई राज्य सञ्चालन प्रणालीको सफल उपभोग गर्न नजान्ने र
नसक्नेको सूचीमा छौं । यसको ज्वलन्त उदाहरण पहिलो संविधानसभाको असफलता नै काफी छ । त्यसका अतिरिक्त द्वन्द्व व्यवस्थापनका लागि हाम्रै अनुरोधमा अनमिन सत्ता सञ्चालनको सहयोगीको रुपमा आयो र गयो ।

यद्यपि लडाकु व्यवस्थापनको विषय भने सन्तोषजनक नै रहेको मान्नुपर्दछ । राजनीतिक पार्टीको मानवीय व्यवहार र व्यवस्थापन नै सभ्यताको कसी र राज्य संचालनको बाटो हो भन्ने मान्यतालाई अनुशरण गर्नुपर्दछ । युरोपका देश अहिले प्रत्यक्ष लोकतन्त्रका उदाहरण बनेका छन् । ती देशले निर्वाचनमा बुथ कब्जा गर्ने रणनीति लिएका भए ,त्यो सभ्यता त्यहाँ स्थापित हुने थिएन । जहाँ बुथ कब्जा हुन्छ त्यहाँ जनताले भोट हालेको मान्न सकिदैंन ।
त्यहाँ पक्कै सभ्यताको पाठ नेता र कार्यकर्ताले जानेको महशुस हुनेछैन् । जनताले त्यसबेला गणतन्त्रको अनुभुति गर्न पाउनेछैनन् । त्यहाँका धेरैजसो
अफ्रिका , दक्षिण अमेरीका र एसियाका द्वन्दरत मुलुक र समुदायहरु थिए । ति मुलुकमा यस्तै बुथ कब्जा र सत्ता कब्जाको प्रवृति थियो । यसबाट के बुझनुपर्छ भने बुथ कब्जा , सत्ता कब्जाबाट अनि सभ्यता प्राप्त हुँदैन् ।

सभ्यता प्राप्त नभै गणतन्त्र दिगो हुदैन । बुथ कब्जाको धम्कीले संविधान सभाको निर्वाचनले अन्तराष्ट्रिय मान्यता नपाएमा पुनः नेपालीको अर्काे दुर्भाग्य हुनेछ । बुथ कब्जा अनि सत्ता कब्जा यो पनि सामन्ती सोच हो । बुर्जुवा सोच हो ,अनि तानाशीाह सोच हो । त्यसैले सफल निर्वाचनका लागि उल्लेखित पाठलाई आत्मसाथ गर्नुपर्दछ । अहिले निर्वाचन आयोगले निर्वाचन प्रक्रिया निष्पक्ष, निर्भय र स्वतन्त्र बनाउने रणनीतिमा लागि परेछ । त्यसमा विभिन्न पार्टीका प्रतिनिधि, कानुन व्यवसायीहरु, प्राध्यापक वर्गहरु, शिक्षक , उद्याोगिब्यापारी कर्मचारी , नागरिक समाजका व्यक्तित्वको सहभागिता हुँदै आएको छ ।

निर्वाचनको समयमा स्थानीय बासिन्दाहरुको सामान्य जन जीवनमा खलल पार्ने कुनैपनि कार्य राजनीतिक पार्टीबाट हुनु हुदैन । चुनावको वेला मानविय कानुनका वारेमा पनि ख्याल गर्नुपर्छ । विभिन्न सेमिनारहरुमा सशस्त्र संघर्षको वेलामा लागु हुने अन्तर्राष्ट्रिय मानवीय कानुन राष्ट्रिय रुपमा पनि पालना भए÷नभएको हेर्ने प्रवृत्तिमा वृद्धि भएको छ । सन् १२ मे १९६८ मा प्रस्ताव संख्या २३ मा तेहेरानमा भएको संयुक्त राष्ट्र संघको मानव अधिकार संम्मेलनलाई विश्वका सबै मुलुकले लागु गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । त्यसतर्फ पनि सबैको ध्यान दिनजरुरीछ ।

सयुक्त राज्य अमेरिकी संबिधान १७ सेपटेम्बर १७८७ हस्ताक्षर भयो र बन्यो संविधान १७८९ मा । न्यू हेम्सपियर राज्य देखि जर्जिया राज्यसहित११ राज्यका प्रतिनिधि ३८ जनाको रोहबरमा सही गरेका राष्टपति एवंं भर्जिनियाका उप प्रशासक जर्ज वासिङ्गटनले जारी गरका र पोलियम जकशन सचिबले प्रमाणित गरेका अमेरिकको संविधान लागु भएको अत्र २२६ वर्ष पुग्न (आज असोज २० गते ) जम्मा १० दिन बाकी छ । यो संविधान ११००० पटक संशोधनको प्रयास भए पनि जम्मा २७ पटक (२०११ जुलाई २९ सम्मंं ) संशोधन भयो । भारतमा संविधानसभा पछि बनेको संविधान १९४७ बन्यो कायम छ । हालसम्म यो संविधान ९४ पटक संशोधन भयो । लोकतन्त्र बजबुत छ । यी दुबै देशमा । त्यहाँको संविधान दिर्घजीबि हुनुमा निर्वाचन निष्पक्ष र धादलिरहित हुनु हो । तर नेपालमा २००४, २००७ २०१५ २०१९ २०४७ , २०६३ छ पटक बनेका संविधान भएपनि कार्यान्वयन हुन भने सकेन । अझै सक्रमण काल छ र अझै पहिलो संविधानसभाले संविधान बनाउन नसकेर दोसो संविधानसभाको निर्वाचन मंसिर ४ गते बनाउन लागिएको छ । गतिला प्रशासक र राजनीतिक नेता नेपाली जनताले चुन्न सके नेपालले पनि नयां संविधान बनाउदा ती देशमा जस्तै संविधान दिर्घजीबि हुने छ । यस तर्फ जनताको ध्यान जान जरुरी छ ।

ती माथिका दृष्टान्तलाई हेरी अबको संबिधानसभाको चुनावका वेला द्वन्दलाई बढि चर्काउने काम गर्नु हुँदैन् । द्वन्दको न्यूनीकरण गर्नु अग्रसर हुनुपर्छ । अन्तराष्ट्रिय सिद्धान्तअनुसार जनताहरुका वीचमा चुनावका समयमा सबैसंग मानवीय व्यवहार गरिनुपर्छ । राजनीतिक नेता र कार्यकर्ताले विरोधी राजनीतिक व्यक्तित्वलाई पनि मानवीय व्यवहार गर्नैपर्छ । सबैलाई मानवीय व्यवहार र व्यवस्थापन गर्नु पर्छ भन्ने यो अन्तराष्ट्रिय प्रतिवद्धता
नेपालको कानुनमा पनि लागु भएको हुनाले यो दोस्रो संविधानसभाको निर्वाचनमा यसलाई नेपाली जनताले ख्याल गर्नुपर्छ । पहिलो संविधानसभाका
कमीकमजोरीलाई सुधार गर्न प्रयत्न गर्नुपर्छ । समानुपातिक र प्रत्यक्ष गरेर ६०१ सदस्यीय प्रतिनिधि त्यति धेरै रहने व्यवस्थालाई जनताले नपचाए पनि राजनीतिक दलले जुगाँको लडाई बनाई पुरानो अलोकप्रियतालाई फेरि अनुमोदन गराएका छन् । तैपनि चुनावमा धेरै थरीका राजनीतिक पार्टीहरु सहभागी हुदैछन् ।

तिनीहरुका इतिहास , संस्कार ,चरित्र र चुनावी घोषणापत्र हेरर सरल र सहज किसिमले नेपाली जनताले आसन्न चुनावमा सकृय रुपमा सहभागी हुनु पर्दछ । यो हामी जनसाधारणको कत्र्तव्य पनि हो । हामी पनि यूरोप, अनि अरु सभ्य गणतन्त्र मुलुकको जस्तो चुनावी कसीको सापक्षतालाई अनुशरण गर्दै विश्व सभ्यतामा लाग्नु परेको छ । चुनाव पछि कुनैपनि राजनीतिक पार्टी र तिनका नेतामाथि धाँधलीको कलंक नलागोस् । चुनावले राष्ट्रिय र अन्तर्राष्ट्रिय
मान्यता पाउने खालको बनोस् । लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न सफल रहोस् । अन्तमा लोकतन्त्रको मेरुदण्ड संसदिय व्यवस्था भन्ने सबै नेपालका दलहरुले स्वीकार गरेको अवस्थामा दोस्रो संविधानसभाको निर्वाचन हुँदा आम नेपालीको जय विजय होस् र परिणामलाई स्वीकार्य परिणम आयोस् । अबको निर्वाचनमा बिश्वलाई नेपाली जनताले पनि राजनीतिक सभ्यता प्रदर्शन गरेको देखिनु पर्दछ ।

कमेन्टहरु
Loading...