अन्नपुर्ण संरक्षण क्षेत्र धम्पुसको अध्यक्षमा पुनः दल बहादुर गुरुङ

पोखरा २१ असोज /अन्नपुर्ण संरक्षण क्षेत्र धम्पुसको अध्यक्षमा पुनः दल बहादुर गुरुङ सर्वसम्मत चयन भएका छन । समितिको आज भएको अधिवेशनले धम्पुस वडा नम्बर ६ को प्रतिनिधित्व गर्दै गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिमा वडानम्बर ४ को प्रतिनिधित्व गर्दै सचिवमा प्रेम बहादुर गुरुङ सहित प्रत्येक वडाबाट प्रतिनिधी सदस्यका रुपमा चयन भएको हो ।

समितिमा वडा नम्बर १ बाट मोती बहादुर गुरुङ, वडानम्बर २ बाट काजीमान सिके, वडानम्बर ३ बाट बुद्धि प्रसाद भण्डारी, ६ बाट डण्डापाणी भण्डारी, ७ बाट पदम बहादुर गुरुङ, वडानम्बर ८ बाट कृष्ण बहादुर गुरुङ, र वडा नम्बर ९ बाट यम बहादुर गुरुङ चयन भएका छन । त्यसैगरि समितिको सदस्यमा रामचन्द्र गुरुङ, देवकाजी गुरुङ, कृष्ण प्रसाद अधिकारी, सुनिता भण्डारी र सिमा विक रहेका छन । अधिवेशनको अन्नपुर्ण संरक्षण इलाका कार्यालय ल्वाङ्ग प्रमुख यम बहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उदृघाटन गर्दै गुरुङले अन्नपुर्ण संरक्षण क्षेत्रलाई संरक्षण गर्न सके देश कै संरक्षण हुने बताउनुभयो । उहाँले नयाँ निर्वाचित कार्यसमितिले संरक्षणमा ध्यानदिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ओभरसियर रामजी आचार्य, रेन्जर विष्णु पौडेल, लगायतको उपास्थिति थियो । नयाँ कार्यसमितिको कार्यअवधि पाँच वर्षको हुने छ ।

कमेन्टहरु
Loading...