सागर राज तिमिल्सिना
पोखरा २१ असोज/फेवातालमा हुने संभाबित दुर्घटनालाई मध्यनजर गरी चौबिसै घण्टा निगरानी राख्न ‘लेक वाच एण्ड रेस्क्यु टावर निर्माण गरिएको छ । तालमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्न थालेपछि शसस्त्र प्रहरी बल कालिका गणको पहलमा बाराहीघाटमा टावर निर्माण गरिएको हो । ३२ फिट भन्दा अग्लो टावरमा शसस्त्र प्रहरीको रेस्क्यु टोलि २४ सै घण्टा ड्युटिमा खटिनेछन् ।
वाईनाकुलरको सहायताले पुरै तालको निगरानी गरिने र कुनै घटना भए तत्कालै उद्धार टोलीले गर्ने छ । करिब १५ लाखको लागतमा निमार्ण भएको निर्माण समितिका अध्यक्ष राजुबाबु कोईरालाले जानकारी दिए । शसस्त्र प्रहरीको रेस्क्यु टोलि डुङ्गा सहित २४ सै घण्टा खटिने भएकाले तालमा डुबेर ज्यान गुमाउनु पर्ने अबस्थामा कमी आउने विश्वास छ ।
टावरको सोमवार पश्चिमाञ्चल क्षेत्रिय प्रशासक लोकदर्शन रेग्मी, कास्कीका प्रमुख जिल्ला अधिकारी यादव कोइराल लगाएतले उद्घाटन गरे । क्षेत्रिय प्रशासक रेग्मीले तालमा हुने डुङ्गा दुर्घटना लगायत अन्य कारणबाट तालमा डुबेर ज्यान जाने अबस्था अब अन्त्य हुने बताए । रेग्मीले तालको पानीको शुद्ध बनाउ सबै जना जुट्नु पर्ने बताए । फेवातालको पानी स्वच्छ बनाउन स्थानियबासीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
तालको आम्दानी तालकै विकास र संरक्षणमा खर्च गर्नेगरी सरकारले योजना ल्याउन लागेको उनले जानकारी दिए । कार्यक्रममा पर्यटन ब्यबशायी बासु त्रिपाठीले तालमा डुङ्गा सयर गर्दा जलयात्री आफै पनि सचेत हुनुपर्ने बताए । तालमा जादा न्युनतम सुरक्षाको उपाय अपनाए संभाबित दुर्घटनाबाट बच्न सकिने उनले बताएका छन् । कार्यक्रममा टावर निर्माणको पहल गर्ने तत्कालित कालिका गण मालेपाटनका गणपति शसस्त्र प्रहरी उपरिक्षक शम्भु उप्रतिलाई सम्मान गरेको थियो