मुख्यमन्त्री गुरुङको निजी सचिवालयले भन्यो ‘कार्यकक्षमै मदिरापान हैन’

पोखरा, ४ फागुन / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न संचार माध्यमहरुमा सार्वजनिक भिडियो, फोटा र समाचारहरुप्रति गण्डकी प्रदेश सरकारले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन २ गते मुख्यमन्त्रीको जेठानको परिवार बेलायतबाट पोखरा आएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा मुख्यमन्त्रीको गुरुङ जन्म दिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटका क्रममा खिचिएका तस्बिरहरु सामाजिक सञ्जालमा आएको प्रति गण्डकी प्रदेश सरकारले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण भएको जनाएको छ । विज्ञप्तीमा गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पारेको छ ।

तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नको लागि सम्पूर्णमा आग्रह गरेको निजी सचिब डिल्लीराम सिग्देलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विभिन्न अनलाइन र सामाजिक सञ्जालमा मुख्यमन्त्री गुरुङले कार्यकक्षमै मदिरापान भन्दै भाइरल भएको छ ।

प्रेश विज्ञप्ती

गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई जोडेर सामाजिक सञ्जाल एवं विभिन्न संचार माध्यमहरुमा सार्वजनिक भिडियो, फोटा र समाचारहरुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनुभएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्म दिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो। सो क्रममा खिचिएका भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ।

गुरुङ जातिको संस्कार अनुसारको पारिवारीक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहान्छौ। तसर्थ यस विषयमा कुनै भ्रममा नपर्नको लागि हामी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं।

………………

डिल्लीराम सिग्देल

निजी सचिवालय

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

गण्डकी प्रदेश, पोखरा

कमेन्टहरु
Loading...