पाँचौं खुल्ला पौडी प्रतियोगिताको उपाधी जयन्तलाई

सागर राज तिमिल्सिना
पोखरा, २१ असोज/नेपाल पौडी संघ र जिल्ला खेलकुद विकास समितिको आयोजनामा पोखराको फेवातालमा आयोजना गरेको दुई किलोमिटर खुल्ला प्रतियोगितामा जयन्त प्रसाद गुरुङ प्रथम भएका छन् । गुरुङले दुरी २९ मिनेट १२ सेकेण्डमा पार गरेका थिए भने देवेन्द्र मानन्धरले २९ मिनेट १३ सेकेण्डमा पार गरि दोस्रो भएका छन् ।

sportsत्यसै गरि चित्र पौडेलले ३० मिनेट ५२ सेकेण्डमा दुरी पार गरि तृतीय भएका छन् । उनीहरुले क्रमश १० हजार, ७ हजार, ५ हजार र मेडल पाएका छन् । त्यसतै गरी खुल्ला महिला तर्फ क्रमश शिला गुरुङ, दीपा काफ्ले, योना कुमारी घले प्रथम, द्धितीय, तृतीय भए । उनिहरुले नगद ५ हजार, ३ हजार र २ हजार सहित मेडल प्राप्त गरेका थिए ।sports 2

त्यसतै गरी पोखरा तर्फ धन बहादुर गुरुङ, अर्जुन नेपाली, अमृत अधिकारीले प्रथम, द्धितीय, तृतीय भए । उनिहरुले ५ हजार, ३ हजार र २ हजार सहित मेडल प्राप्त गरेका थिए । विजय खेलाडीहरुलाई एन्फा केन्द्रिय सदस्य गणेश बहादुर भट्टराई, खेलकुद विकास समितिका क्षेत्रीय अध्यक्ष दिपक कोइराला, सशस्त्र प्रहरीका साहायक बाहिनी पति दुर्गा बहादुर कुँवर र पौडी संघका केन्द्रिय अध्यक्ष अशोक बद्धचार्य लगाएतले विजय खेडालीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता बाराहीघाटबाट सुरु भई एक किलो मिटरको दुरी पारे पछि पुन बाराहीघाटमा आएर सकिएको थियो । प्रतियोगितामा ४३ जना खेलाडीको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...