जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा

बागलुङ, २९ माघ/ गण्डकी प्रदेश बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा सरकारी विदाको घोषणा गरेको छ । गाउँपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ ।

ताराखोला गाउँपालिका जनयुद्धको उदगम थलोको रुपमा लिइन्छ । यस गाउँपालिकाबाट मात्रै तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा २१ जनाले ज्यान गुमाएका छन् भने २ जना अझै बेपत्ता छन् ।

मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भूमिका र यस क्रममा अमुल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको सम्झना र सम्मानमा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिए ।

सार्वजनिक विदाका अवसरमा ताराखोला गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत उदित थापाले विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...