पत्रकार मुल्मीलार्ई मातृशोक

पोखरा, २९ माघ / पत्रकार दिपकराज मुल्मीलाई मातृशोक परेको छ । पोखरा ९ निवासी मुल्मीकी ममतामयी आमा अम्वीका मुल्मीको ८२ वर्षको उमेरमा निधन भएको हो ।

केही समयदेखि बिरामी मुल्मीको आफ्नै निवासमा बुधवार निधन भएको थियो । बुधवार पोखरा तुल्सिघाटस्थित सेती नदीमा स्वर्गीय मुल्मीको अत्येष्टि गरिएको छ ।

शवयात्रामा परिवारजन, आफन्त र शुभेच्छुकको सहभागिता थियो । उनका २ छोरा र ३छोरी छन् ।
यसैबीच, नेपाल प्रेस युनियन कास्कीले बुधवार शोक विज्ञप्ति प्रकाशित गरी साधारण सदस्य दिपक राज मुल्मीलाई मातृशोक परेकोप्रति दुःख व्यक्त गरेको छ ।

युनियनका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

कमेन्टहरु
Loading...