कृष्तिमा एमालेको निर्वाचन प्रचार समिति

पोखरा, असोज २० /नेकपा एमाले कास्की क्षेत्र नं. ३ अन्तर्गत कृष्ति गाविसमा एमाले समर्थित नेता तथा कार्यकताहरूको एक भेलाले निर्वाचन प्रचार प्रसार कमिटी गठन गरेको छ । गाउँ कमिटी अध्यक्ष पूर्णबहादुर थापाको संयोजकत्वमा ३०१ सदस्यीय कमिटी गठन गरिएको बताइएको छ । कार्यक्रममा गण्डकी अञ्चल सल्लाहकार लेखननाथ पोख्रेलले पार्टीलाई पहिलो पार्टी बनाउन जोडतोडका साथ लागि पर्न कार्यकर्ताहरूलाई आग्रह गरे । 

एमाले क्षेत्र नं. ३ का प्रत्यासी उम्मेदवार युवानेता रविन्द्र अधिकारीले नेकपमा एमालेलाई जनप्रिय पार्टी बनाउन सबै कार्यकर्ता लागि पर्नुपर्ने बताउँदै कास्कीका चारै क्षेत्र अव एमालेले विजय हासिल गर्नेगरी तयारीमा जुट्न आग्रह गरे । गाउँ कमिटी अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष लिलाधर पौडेल, क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य शीवप्रसाद आचार्य, गाउँ कमिटी सदस्य उमानाथ सुवेदी, सचिव दिपक सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...