शितलादेवी मन्दिर सेवा समितिद्धारा सम्मान

पोखरा–शितलादेवी मन्दिर सेवा समितिका अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा शितलादेवी निवासी रामबहादुर नौवागलाई सम्मान गरियो । उक्त कार्यक्रममा स्व. श्रीमति विष्णुमाया नौबागको स्मिृतिमा मन्दिर परिसर भित्र रु. ३१००० रुपैयाबाट निर्मित फलामको बस्ने सेफा ३ मन्दिर सेवा समितिलाई हस्तान्तरण गरेका थिए ।

आगामी दिनमा मन्दिरको भौतिक एवं आर्थिक विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे । उक्त कार्यक्रममा समितिका उपाध्यक्ष भुवन प्रकाश आचार्यले स्वागत गर्नुका साथै सदस्य लोकबहादुर गुरुङले मनुष्य चोला लिई यस पृथ्वीमा आई सकेपछि कुनै न कुनै सामाजिक कार्य एवं एतिहासिक कार्य गर्नु पर्ने कुरा व्यक्त गरे । उक्त भौतिक निर्माण कार्यले मन्दिर सेवा समितिको विकाशमा एक ईट्टा थप भएको कुरा व्यक्त गरे । उक्त कार्यक्रम मन्दिर सेवा समितिको सचिव विष्णु कुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...